नियम ८१
स्वीकारयोग्य छ वा छैन भन्ने निर्णय
(१) कुनै सङ्कल्प स्वीकारयोग्य छ वा छैन भन्ने प्रश्नको निर्णय अध्यक्षले गर्नेछ र कुनै सङ्कल्प वा सङ्कल्पको कुनै अंश संविधान वा यस नियमावलीको विपरित भएमा त्यसलाई अस्वीकार गर्नेछ । (२) अध्यक्षबाट बैठकमा पेश गर्न स्वीकृत सङ्कल्पको प्रति सङ्कल्प पेश हुने दुई दिन अगावै संशोधन पेश गर्ने प्रयोजनको लागि सदस्यलाई वितरण गरिनेछ ।